☰ open Loading... 20 April 2024|  

एक हप्ताभित्र सेना फिर्ता गर्न अमेरिकालाई तालिवानले दियो अल्टिमेटम
  | ८ भाद्र २०७८, मंगलवार ०५:२४

एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालीवानी समूहले महाशक्ति राष्ट्र अमेरिकालाई एक हप्ताभित्र सेना फिर्ता नलगे गम्भीर परिणाम भोग्न तयार रहन भनेको छ ।

त्यहाँ बाँकी रहेका अमेरिकी सेना धमाधम फर्किरहेको बेला तालीवानी समुहका प्रवक्ता सोहेल शाहीनले एक विज्ञप्तिमार्फत अमेरिकी सेना फिर्ताका लागि आगामी भदौ १५ गतेसम्मको समयसीमा तोकिदिएका छन् । उद्धारका लागि अफगान बिमानस्थलमा तैनाथ अमेरिकी सेनालाई लक्षित गर्दै तालीवानीले फिर्ता हुन दबाब दिएको हो ।

तालीवानीको पछिल्लो चेतावनीको असर अफगानिस्तानको काबुल बिमानस्थलमा रहेका सयौं नागरिकमा परेको छ । देश छोड्नेको लर्को लागिरहेकै बेला तालीवानीको धम्कीसंगै सर्वसाधारणमा त्रास चुलिएको छ ।