☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने
  |

 

काठमाडौँ । छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ ।नेपाल भलिबल सङ्घले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म सञ्चालन हुने जनाएको छ । सङ्घले यस प्रतियोगिता एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाएको छ ।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान बनाउने छन् । क्लब लिग चैतमा आयोजना हुने सङ्घले जनाएको छ । सङ्घले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ । विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ । सङ्घले प्रतियोगिताका लागि क्लबले तीन विदेशी खेलाडी राख्न पाउने जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १०, २०७८     6:15:54 AM