☰ open Loading... 20 April 2024|  

आलुको बिउ उत्पादन गर्न ल्याब निर्माण
  | ११ भाद्र २०७८, शुक्रबार ०५:४०

 

दैलेख -दैलेखको गुराँस गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको छ।गाउँपालिकाभित्रका किसानहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको हो। गाउँपालिकाले ७० रोपनी जग्गा २१ वर्षका लागि भाडामा लिएर टिस्युकल्चर ल्याब निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। ल्याब निर्माण भएपछि प्रत्यक्ष रूपमा १७ जना रोजगारी पाएका छन्।

गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको एक करोड ९५ लाख र नेपाल कृषि विकास फर्मको साझेदारीमा दुई करोड रुपैयाँ लगानीमा टिस्युकल्चर ल्याब निर्माण गरिएको जानकारी दिए। ल्याबबाट हुने आम्दानीको २० प्रतिशत गाउँपालिकाको राजस्वमा जम्मा हुने र बाँकी ८० प्रतिशत फार्मले लिनेछ।