☰ open Loading... 20 April 2024|  

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण
  | ११ भाद्र २०७८, शुक्रबार ०५:४७

 

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दुई सय ६० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार बिहीवार जुम्लामा २१, कालीकोटमा १०, सुर्खेतमा नौ, रुकुम–पश्चिममा ६, मुगुमा दुई, दैलेख र हुम्लामा एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा प्रदेशमा सक्रिय संक्रमितको संख्या सात सय ४२ पुगेको छ ।

 

यस्तै, देशभर थप दुई हजार चार सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार तीन सय ७४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण फेला परेको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या आठ लाख ३६ हजार आठ सय ८३ पुगेको छ । तीमध्ये सात लाख पाँच हजार आठ सय ९३ जना निको भएका छन् भने १० हजार ६ सय ३८ जनाको ज्यान गएको छ । देशभर ३८ हजार तीन सय ८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।