☰ open Loading... 25 April 2024|  

नेपालमा थपिए १२ सय ६८ संक्रमित, ९ जनाको मृत्यु
  | २० भाद्र २०७८, आईतवार ०५:०९

काठमाडौं, भदौ १९ । नेपालमा थप १२ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ९ हजार ८७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १२ सय ६८ जनाको नतिजा पोजिटिभ आएको हो ।

६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ र तीन हजार १२२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४४ जनामा संक्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा ६ हजार ७५३ जनाको पिसिआर र ३ हजार १२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१ सय ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।कोरोना संक्रमणबाट थप ९ जनाले मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ ।काठमाडौं उपत्यकामा ३८६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २८९, ललितपुरमा ५३ र भक्तपुरमा ४४ जना संक्रमित थपिएका हुन् ।