☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

वर्षाका कारण घर भत्किएका परिवारलाई प्रवाशी नेपालीको सहयोग
  |

 

दैलेख -भारतको मुम्बईमा काम गर्न गएका दैलेखको आठबीस नगरपालिकाका युवाहरुद्धारा गठित गौरी शंकर फलफुल तथा तरकारी समूहले दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिकाको वडा नं. तीनमा घर भत्किएका दुइ परिवारलाई ५२ हजार नगद सहयोग गरेको छ । रोजगारिको सिलसिलामा मुम्बईमा रहेका कुमाल खाडावासी युवाहरुले आठबिस नपा ३ निमायल निवासी दिनेस बिकलाई रु २५ हजार, प्रकाश विकलाई रु २७ हजार रुपैंया सहयोग गरेको स्थानीय युवा गगन कार्कीले जानकारी दिए । यस्तै, सो समूहको शाखा समूहको रुपमा कुमालखाडामा कृषि समूह समेत गठन गरिएको कार्कीले जानकारी दिए । त्यसकालागि १३ हजार रुपैंया आर्थिक सहयोग गरिएको उनको भनाई थियो । गाउँमा भेला भएका महिलाहरुले हरिकला कार्कीको अध्यक्षतामा १८ सदस्यीय समूह गठन गरेको उनले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, भदौ २०, २०७८     5:25:54 AM