☰ open Loading... 19 April 2024|  

सुदूरपश्चिमेली नेपाली समाज साईप्रसले मनाईयो गौरा पर्व
  | २१ भाद्र २०७८, सोमबार १७:५६

दिनेश खड्का’खप्तडी’ साईप्रस। सुदूरपश्चिमको महान चार्ड को रुपमा विशेष गरि सुदूरपश्चिममा मनाउने गौरा पर्व सुदूरपश्चिमेली नेपाली समाज साईप्रसले सुदूरपश्चिमको संस्कृति झल्काउदै गौरा पर्व धूमधामसँग मनाइएको छ ।

सुदूरपश्चिमेली नेपाली समाज साईप्रसका अध्यक्ष डम्बर बहादुर खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अथिति गैर आवासिय नेपाली संघ साईप्रसका अध्यक्ष कुन्दन कार्की हुनुहुन्थ्यो।यसैगरी विशेष अथितिमा नेपाली जनसम्पर्क समिति साईप्रसका केन्द्रीय सदस्य राम सुन्दर यादव र प्रवासी नेपाली मन्च युरोप समितिका युवा बिभाग सचिव दाता नन्द पाण्डे हुनुहुन्थ्यो।



सुदूरपश्चिमको बोली भाषा संस्कृतिको संरक्षण र सम्बर्द्धनको उदेश्य सहित स्थापित समाजले आयोजना गरेको उक्त गौरा पर्व कार्यक्रममा साईप्रसमा रहेका सुदूरपश्चिमेली नेपालीहरु लगायत बिभिन्न संघ-संस्थाहरुको बाक्लो उपस्थिति रहेको राष्ट्रिय समिति साईप्रसका संरक्षक कृप थापाले बताउनुभयो ।

सुदूरपश्चिमको संस्कृति गौराको प्रतिभा सहित सहभागी हरुले देउडा खेल्दै गाउँकै झझल्को गराएका थिए।यस्तै उक्त गौरा पर्वको अवसरमा प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक कृप थापाले प्रणाल पत्र प्रदान गर्नु भएको थियो ।प्रथम अधिवेशन केहि हप्ता अघि भर्चुअलको माध्यमबाट सम्पन्न भएको थियो।

सुदूरपश्चिमेली नेपाली समाज साइप्रसको आयोजनामा भएको यो कार्यक्रमलाई साथ समर्थन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै विशेष योगदान पुर्याउनलाई सम्मान-पत्र प्रमुख अथितिबाट प्रदान गरिएको संरक्षक थापाले बताउनुभयो।

यसैगरि साईप्रसमा गतहप्ता मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएका कपिलवस्तुका तुलसी भुसालको समाजले दुख ब्यक्त गरेको छ।

राष्ट्रिय समिति साईप्रस कि केन्द्रिय उपाध्यक्ष लक्ष्मी थापा’जोशी’ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम को सन्चालन राष्ट्रिय समिति साईप्रस कि केन्द्रिय महासचिव रमिता चन्दले गर्नुभएको थियो।