☰ open Loading... 19 April 2024|  

धमाधम खुल्दै विद्यालय
  | २२ भाद्र २०७८, मंगलवार ०५:५२

 

जुम्ला -जुम्लाको हिमा गाउँपालिकाले भौतिक रूपमा पठनपाठन सुरु गरेको छ। गाउँपालिकाले भदौ १५ गतेबाट सबै विद्यालय सञ्‍चालनमा ल्याएको बताएको हो।गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको बताए। हिमा गाउँपालिका कोरोनारहित भएपछि कार्यपालिको बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ्य मापदण्ड पालन गर्ने गरी खुलाइएको हो।

जिल्ला प्रशासन कार्यालयले शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सुचारु गर्ने आधारको विषयमा आयोजना गरिएको बैठकमा विद्यालय सुचारु गरिएको शाखा प्रमुख धितालले बताए। स्थानीय तहको निर्णय अनुसार यहि भदौ १५ गतेबाट आफ्नो विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुलाइएको कालिका माध्यामिक विद्यालयका शिक्षक खम्वा शाहीले बताए।

यसैगरी, जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले कोरोना महामारीका विचमा शिक्षा क्षेत्रमा भईरहेका गतिविधि र विद्यालय सञ्‍चालन गर्ने बिषयको छलफल गरेका छन्।प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले शिक्षा शाखाले एक हप्ताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको दिइन्।बैठकमा शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य क्षेत्रको मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन्।