☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

कर्णाली प्रदेशमा थप५९ जनामा कोरोना संक्रमण
  |

 

सुर्खेत -कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चारसय ३२ जनामा गरिएको परीक्षणमा ५९ जनामा कोरोना पुष्टि भएको हो ।

आरटी–पीसीआर विधिबाट ३२ र रेपिड–एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या पाँच सय दुई पुगेको छ । हालसम्म प्रदेशभर ३२ हजार आठ सय २९ जनामा कोरोना पुष्टि भएको हो ।

थप ९३ जना कोरोना भाइरस संक्रमणमुक्त भएसँगै प्रदेशभर हालसम्म ३० हजार सात सय ५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशभर तीन सय ७० जनाले भाइरसको संक्रमणका कारण ज्यान गुमाएपनि सोमवार भने कसैले पनि ज्यान गुमाउन नपरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले जानकारी दिएको छ ।

हालसम्म प्रदेशभर एक लाख २६ हजार ६ सय ४७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ४७ हजार ६ सय २२ जनाको रेपिड–एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । प्रदेशभर एक लाख ७४ हजार दुई सय ६९ को कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ २२, २०७८     5:58:54 AM