☰ open Loading... 20 April 2024|  

विपन्न घरपरिवारलाई राहत वितरण
  | २२ भाद्र २०७८, मंगलवार १७:५७

दैलेख- हिन्दू नारीहरुको महान चाड हरीतालीका तिजको अवसर पारेर दैलेखमा आर्थीक अवस्था कमजोर भएका परिवारलाई राहत वितरण गरिएको छ ।नारायण नगरपालीका २ जाहारकोट निवासी हाल अमेरीकाको भर्जनियामा बस्दै आएकी समाजसेवी जयन्ती थापाको आर्थीक सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो ।

कलाकार तथा समाजसेवी लोकेन्द्र जिसी कुमारको पहलमा जिसीमार्फत नै आज सदरमुकामको राम मन्दीरमा विपन्न परिवारका सदस्यहरुलाई राहत सामाग्री वितरण गरिएको हो ।दैलेखको नारायण नगरपालीका ७ का ३ जना एकल महिलाको परिवार तथा २ जना आर्थीक अवस्था कमजोर भएका गरि ५ घरपरिवारका सदस्यलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

 

नारीहरुको महान पर्व तिजको अवसर पारेर प्रति परिवार १ बोरा चामल, १ केजी नून, १ केजी दाल र १ लिटर तेल वितरण गरिएको छ ।
राहात सामाग्री वितरण पश्चात वोल्दै कलाकार तथा समाजसेवी लोकेन्द्र जिसी कुमारले आर्थीक रुपले अती विपन्न परिवारलाई सहयता गर्नु सराहनीय कार्य भएको बताए । समाजसेवी थापाले हालसम्म देशका अधीकांश विपन्न परिवारका सदस्यलाई यसरी नै राहत स्वरुप

सहयोग गरिसकेको र यसै अभियान अन्र्तरगत आज दैलेखका विपन्न परिवारलाई सहयोग गरेको जानकारी दिए।
यस्तै खाद्यान्न सामग्री बुझ्दै विपन्न परिवारका सदस्यहरुले समाजसेवी तथा सहयोगी जयन्ती थापाप्रती आभार व्यक्त गरेका छन । तिज नजीकीदै गर्दा घरमा के खाने भन्ने चिन्तामा आफुहरु रहेको समयमा राहत स्वरुप खाद्यान्न पाएपछि आफुहरुलाई नीकै खुसी लागेको खगीसरा रावतले  बताइन ।