☰ open Loading... 19 April 2024|  

नेपालमा थप १६ सय ७७ जनामा कोरोना संक्रमण
  | २३ भाद्र २०७८, बुधबार ०५:०८

 

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा कोरोना परीक्षण गर्दा १६ सय ७७ जनामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, मंगलबार २ हजार ७२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ७ लाख ३१ हजार संक्रमणमुक्त भइसकेका छन् ।संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८७९ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५१९ जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंका ३६४, ललितपुरका ८९ र भक्तपुरमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।हाल नेपालमा ३० हजार ३०३ जना सक्रिय संक्रमित छन् ।