☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

गृह मन्त्रालयका उत्कृष्ट कर्मचारी बने भट्टराई
  |

सुर्खेत- सुर्खेत घर भएका नेपाल सरकारका कर्मचारी उमेश भट्टराई गृह मन्त्रालयका उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन् । १८ औँ निजामति सेवा दिवसका अवसरमा गृह मन्त्रालयले उत्कृष्ट कर्मचारीका रुपमा भट्टराईलाई १० हजार रुपैयाँसहित सम्मानपत्र दिएर पुरस्कृत गरेको हो ।

सुर्खेत घर भएका भट्टराई नायब सुब्बाबाट सरकारी कर्मचारीमा प्रवेश गरेका हुन् । सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय मानिने गृह मन्त्रालयमै सुर्खेतका भट्टराई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ ।

सरकारी सेवामा प्रवेश गरेर पहिलोपटक उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित भएपछि भट्टराईले खुशी लागेको प्रतिक्रिया दिएका छन् ।१८ औं निजामती सेवा दिवसको अवसरमा गृह मन्त्रालयको उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुन पाउँदा निकै खुसी र गौरवको अनुभूति भएको छरउनले प्रतिक्रिया दिँदै सार्वजनिक रुपमै भनेका छन्,भट्टराई सरकारी सेवामा प्रवेश गर्नुभन्दा पहिले पत्रकारिता पेशामा थिए ।

प्रकाशित मितिः बुधबार, भदौ २३, २०७८     5:14:59 AM