☰ open Loading... 19 April 2024|  

सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको महासचिवमा जोशीलाई मनोनित
  | २४ भाद्र २०७८, बिहीबार ०७:३४

कैलाली।सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको रिक्त रहेको महासचिव पद’मा सचिव उमेश जोशीलाई मनोनित गरिएको छ । सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरको अध्यक्षतामा शनिबार बसेको कार्यसमितिको माशिक बैठकले महासचिवमा उमेश जोशीलाई मनोनित गरेको हो ।बर्तमान सचिव समेत रहेका जोशीलाई (२०१९-२०२१)कार्यकालको रिक्त रहेको महासचिव पद’मा मनोनित गरिएको हो।

 

 

 

यसैगरी बर्तमान परिस्थितीमा कोरोनाको कारण समाजको तेस्रो महाधिवेशनको मिति २०२१ अक्टोवर बाट लागु हुने गरि आगामी ६ महिनाको लागि महाधिवेशनको मिति सारिएको छ। राष्ट्रिय समितिका अध्यक्ष हरु सँगको बृहत छलफल बाट प्रस्तावित सुझाव र अन्तराष्ट्रिय कार्यसमितिको सर्वसम्मत पारित निर्णय सहित समाजको संसोधित बिधान २०७७ को परिच्छेद ४ दफा १० को (ख)बमोजिम महाधिवेशनको मिति सारिएको केन्द्रिय प्रचार-प्रसार बिभाग प्रमुख एवं द-एसिया संयोजक दिनेश खड्का’खप्तडीले बताउनुभयो। सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुल नारा रहेको समाज गैर नाफा मुलक,गैर राजनीतिक र गैर सरकारी रुपमा गठन भएको विशुद्ध सामाजिक संस्था हो । सुदूरपश्चिम प्रदेशबाट बैदेशिक रोजगारीको सिलसिलामा अध्ययन तथा विभिन्न कारणले प्रवासिएका सुदूरपश्चिमेली नेपालीहरु यस समाजमा आबद्ध रहेका छन् ।