☰ open Loading... 20 April 2024|  

विभिन्न बहानामा विद्यार्थीबाट चर्काे शुल्क असुल्दै विद्यालय
  | ३१ भाद्र २०७८, बिहीबार १०:५८

रुकुम पूर्वको एउटा विद्यालयले विभिन्न बहाना बनाएर विद्यार्थीहरुबाट चर्काे शुल्क अशुल गरेको पाइएको छ । जिल्लाको भूमे गाउँपालिका–१ मा रहेको सिद्धचौर माद्यामिक विद्यालय लुकुमले कक्षा १२ को परिक्षा दिने विद्यार्थीहरुबाट चर्काे शुल्क असुल गरेको पाइएको हो ।

 

देशैभरीका विद्यालयमा बुधबार देखि कक्षा १२ को परिक्षा सुरु भएको छ । यस वर्ष कोरोना संक्रमणका कारण होम सेन्टर अर्थात आफु पढेकै विद्यालयबाट विद्यार्थीले परिक्षा दिइरहेका छन् । कक्षा १२ को परिक्षा दिने विद्यालयहरुबाट सिद्धचौर मावी लुकुमले प्रवेश पत्र बापतको २ हजार रुपैयाँ शुल्क लिएको हिमाली अनलाइनलाई प्राप्त भएको छ । विद्यार्थीहरुले यसअघी भर्ना शुल्क, परिक्षा आवेदन फारम आदि इत्यादिको शुल्क बुझाईसकेका छन् ।

 

उक्त विद्यालयले एउटा विद्यार्थीबाट २ हजार रुपैयाँ असुल गरेको छ । आन्तरिक खर्च जुटाउने भन्दै विद्यालयले ३५ जना विद्यार्थीहरुबाट दुई÷दुई हजारका दरले शुल्क लिएको हो । परिक्षा सञ्चालनका लागि प्रश्न पत्र र उत्तर पुस्तिकाको पैसा स्वयं विद्यालयले तिर्नु परेको त छैन तर पनि विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै अभिभावले गुनासो पोखेका छन् ।

 

कुनै विद्यार्थीबाट त झन ४ हजार ५ सयसम्म लिएको खुलेको छ । जवकी विद्यार्थीलाई विद्यालयले दिएको बिलमा एडमिसन र टिचिङ शुल्क भनेर केही विद्यार्थीहरुबाट ४ हजार ५ सय शुल्क लिएको पाइएको छ । बिलमा एउटा शिर्षकमा शुल्क लगिएको छ तर विद्यालयका प्रधानाद्यापक रामबहादुर पुनले भने शैक्षिक भर्मणका लागि विद्यार्थीहरुबाट शुल्क उठाइएको बताए ।

परिक्षाको केही आन्तरिक खर्च व्यवस्थापन गर्न र परिक्षा सकिएपछि शैक्षिक भर्मण गर्ने भन्दै विद्यार्थीबाट रकम उठाइएको प्रअ पुनले जानकारी दिए । बिलमा एउटा शिर्षक उल्लेख गरिएको छ तर प्रअ पुन भने परिक्षा सञ्चालन हुँदा लागेको खर्च व्यवस्थापन र भर्मण खर्च जुटाउन रकम लिइएको बताउँछन् ।

 

यता शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमले भने परिक्षाका लागि प्रवेश पत्र बापतको रकम लिन नपाइने बताए । उनका अुनसार परिक्षाका लागि आवेदन फारम, रजिष्टे«सन फारम र परिक्षा शुल्क बापतको रकम विद्यार्थीले राष्ट्रिय परिक्षा बोर्डको खातामा जम्मा गरिसकेका हुन्छन् । विद्यालयले फेरी प्रवेश पत्र लगायत अन्य शुल्क लिनु उचित नहुने प्रमुख गौतमको भनाई छ ।।