☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

Advertisement
स्वास्थ्य सामाग्री सहयोग
  |

सुर्खेत । ‘ब्याक टू लाइफ’ नामक अन्तर्राष्ट्रिय संस्थाले प्रदेश अस्पताल सुर्खेतलाई कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाले बुधवार प्रदेश अस्पताललाई एनेस्थेसिया मेसिन १ थान, प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेनटल एक्स रे मेसिन १ सेट हस्तान्तरण सहयोग गरेको हो ।

ब्याक टू लाइफका कार्यक्रम निर्देशक डिकचन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलले करिब एक करोड मूल्यका स्वास्थ्य सामाग्री प्रदेश अस्पतालका निर्देशक डा।डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई सहयोग हस्तान्तरण गरेका हुन ।




प्रकाशित मितिः शुक्रबार, अशोज ८, २०७८     5:26:15 AM