☰ open Loading... 18 April 2024|  

महंगियो भान्छा
  | ८ आश्विन २०७८, शुक्रबार १९:०७

सुर्खेत -चाडपर्व नजिकिए संगै सुर्खेतको बीरेन्द्रनगर बजारमा दैनिक उपभोग्य सामानको मूल्य बढेको उपभोक्ताले गुनासो गरेका छन। बजारमा किनमेलको घुइँचो बढेसंगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि क्रमिक बढ्न थालेको छ।

सबैभन्दा बढी खपत हुने चामल, दाल, तेल, चिनी लगायतको मूल्य बढ्न थालेको उपभोक्ताहरु बताएका छन। बिभिन्न प्रकारका खाद्यान्नमा पनि मूल्य पनि अकासिन थालेपछि उपभोक्तालाई मर्का परेका छन। अन्य समयको तुलनामा दसैंतिहारमा खाद्यान्नको माग र कारोबार धेरै हुन्छ।

यहीबेला व्यवसायीले आफूखुसी मूल्य बढाउन थालेको उपभोक्ताहरुले बताउदै आएका छन। चामल-दालदेखि मरमसलालगायत सबै प्रकारका वस्तुमा मूल्यवृद्धि भएको छ।

अहिले चाममा ५० देखी १५० रुपैया सम्म व्यापारीले मुल्य वृद्धि गरेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन। यता प्रशासन कार्यालयले नियमित बजार अनुगमन गरिरहेको दाबी गर्दै आएपनि त्यसको प्रभाव भने न्यून देखिएको छ। अनुगमन कर्मकाण्डी भएकै कारण व्यापारीहरूको मनोमानी हुने गरेको उपझोक्ताहरूको गुनासो छ। स्थानीय सरकारले पनि बजार अनुगमन गर्ने अधिकार पाएपनि अनुगमन भने गर्न सकेको छैन ।