☰ open Loading... 4 December 2024|  

माओवादी र कांग्रेसबीच खुकुरी हानाहान,दुईजना गम्भीर घाइते
  | १५ आश्विन २०७८, शुक्रबार ०५:१४

रुकुम- रुकुम पश्चिममा दुई गाउँका गाउँलेबीच खुकुरी हानाहान भएको छ । आठबिसकोट नगरपालिका– ३ स्यालाखदिका गाउँलेबीच खुकुरी हानाहान भएको हो । गाउँलेबीच बुधबारदेखि भएको झडप नियन्त्रणमा आउन सकेको छैन । स्यालाखदिका तलिगाउँ र माथिगाउँकाहरुबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजनैतिक रुपमा विभाजित स्थानीयहरुको विवाद लामो समयदेखि कायमै रहँदा बुधबार खुकुरी हानाहान भएको हो ।

बुधबार दिउँसो ४ बजे तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा देवकोटामाथि माथिगाउँका युवाहरुले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भए । बुधबार राति नै तलिगाउँले माथिगाउँका ६२ वर्षका लक्षे कामीमाथि पनि बदला स्वरुप खुकुरी प्रहार हुँदा अवस्था गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ९ईन्सपेक्टर० कपिलजंग शाहीका अनुसार, ‘दुबै जना गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याएर पनि अवस्था गम्भीर भएपछि अहिले कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । भौगोलिक रुपले विकट, संचारको प्रभावकारी पहुँच नभएकोको कारण घटनाको पुरा विवरण भने आएको छैन ।’

बुधबार दिउँसो कर्णबहादुरमाथि आक्रमण गर्ने स्थानीय १८ बर्षका महेन्द बिक, २४ बर्षका गोपाल बिक, २१ बर्षका विष्णु कामी, २२ बर्षका कृष्ण बिक अहिले सम्म प्रहरीको नियन्त्रणमा आउन छैनन् । भने, राति लक्षेमाथि आक्रमण गर्ने २३ वर्षका नेत्र बोहरा, २२ वर्षका बिरे भण्डारी र २२ वर्षकै शान्ते भण्डारी पनि फरार रहेको प्रहरीले जनाएको छ । घाइते लक्षे, हिजो कर्णबहादुरमाथि खुकुरी प्रहारको आरोप लागेका गोपाल विकका बुवा हुन् ।

घटनाले ठुलो रुप लिने देखिएपछि जिल्लाबाट बुधबार नै घटनास्थलतर्फ पठाइयो । उक्त टोली घटनास्थल पुग्न सकेको छैन । जिल्लाबाट सशस्त्र प्रहरी, जनपद प्रहरीको टोली पठाइएको बताइएको छ ।

स्यालाखदीका तलिगाउँ र माथिगाउँ बिच पुरानो राजनैतिक रिसीइवी, खानेपानी मुहानको पुरानो विवादको कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली कांग्रेस समर्थित र माथिगाउँका नेकपा माओवादी समर्थित रहेका छन् ।