☰ open Loading... 18 April 2024|  

जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु
  | १६ आश्विन २०७८, शनिबार ०५:०८

सल्यान- जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु भएपछि स्थानीयले राप्ती राजमार्ग अवरुद्ध गरेका छन्।चालकलाई कारबाही र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।

क्षतिपूर्ति दिने विषयमा सहमति नभएसम्म राजमार्ग खोल्न नदिने स्थानीयको भनाई छ। घटनास्थलमा नै स्थानीयले सडकमा ढुंगा र काठ राखेर अवरुद्ध गरेका छन्।शुक्रबार बिहान बागचौरबाट सल्यानको खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका–२ बांगेसल्लामा रुखको छहारीमा बसिरहेका ५ विद्यार्थीलाई ठक्कर दिएको थियो।