☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
चाडपर्व नजिकिएसँगै सुर्खेतमामा ‘मापसे’ चेकिङ कडाइका गर्न निर्देशन
  |

सुर्खेत । चाँडपर्व नजिकिएसँगै सुर्खेतमा मापसे चेकिङ कडाइका साथ चेकजाँच गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ । यातायात व्यवसायीहरुसँगको छलफलमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मापसे चेकजाँचमा कडाइ गर्न निर्देशन दिएका हुन् ।

चाडपर्वमा ट्राफिक प्रहरीलाई मापसे चेकजाँचमा कडाइँ गर्न निर्देशन दिएको प्रजिअ रिजालले बताए । उनकाअनुसार दैनिक वीरेन्द्रनगरका सबै ठाउँमा कडाइका साथ कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन जारी गरिएको छ । यातायात व्यवसायीहरुको छलफलमा चाडपर्वमा यात्रुहरुको चाप बढी हुने र कोरोना महामारीको जोखिम कायमै रहेकोले स्वास्थ्यका मापदण्ड पालना अनिवार्य गराउने निर्णय गरिएको छ ।

सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित प्रशासनले चाडपर्व विशेष सुरक्षा योजना लागू गर्ने जनाएको छ।




प्रकाशित मितिः मङ्लबार, अशोज १९, २०७८     5:36:24 AM