☰ open Loading... 20 April 2024|  

थप ८ सय ५ जनामा कोरोना संक्रमण
  | २२ आश्विन २०७८, शुक्रबार ०५:१२

काठमाडौँ । कोरोना भाइरसबाट आज थप ८ सय ५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ७ हजार २ सय ६४ नमुनाको  पिसिआर परीक्षण गर्दा ६ सय ६७ जना तथा ३ हजार ४ सय ८ नमुनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज थप ९ सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने देश भर गरी १५ हजार ९ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये ३ सय २९ जनाको आइसियु र  १ सय १२ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यसै गरी आज थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।