☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

वडा स्तरीय भलिबल प्रतियोगिता सुरु
  |

 

दैलेख- दैलेखकोे भगवतीमाई गाउँपालिका–३ मेतलपाटामा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको माहान चाड बडा दशै तथा शुभ दीपावलीको अवसर पारि गाउपालीका स्थित वडा नं. ३ को महादेव माध्यमिक विद्यालयको प्राङ्गणमा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको खेलकुद विकास समितिका संयोजक पदम बहादुर खड्काले जानकारी दिए । खेलकुद विकास समिति भगवतीमाई ३ को आयोजना तथा समन्वयमा सूरु भएको प्रतियोगितामा बिभीन्न ११ वटा समुह दर्ता भएका छन् ।
प्रतियोगिताबाट प्रथम हुने समुहले नगद रु २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा दृतीय स्थान हासील गर्ने समुहले १७ हजार रुपैयाँ र तृतीय स्थान हासील गर्ने समुहलाई १० हजार रुपैयाँ नगद परस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई रु २ हजार पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ । यसअघी वडामा खेलकुदका कार्यक्रम प्राय कमै हुने गरे पनि यसपाली भने खेलकुद विकास समितिले पहल गर्दा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सन्चालन गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज २२, २०७८     5:23:07 AM