☰ open Loading... 20 April 2024|  

आज मन्त्रिपरिषद् विस्तार हुने कुन दलले कुन मन्त्रालय पाए (हेर्नुहोस सूची)
  | २२ आश्विन २०७८, शुक्रबार ०५:२७

काठमाडौं । बिहीबार ८९ दिनपछि सहमतिका साथ मन्त्रालय बाँडफाँड गर्न सफल भएको सत्ता गठबनन्धनका दलहरुले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।गठबन्धनमा सामेल पाँच दलमध्ये चार दल मन्त्रिमण्डलमा सहभागी हुने छन् भने जनमोर्चा सहभागी नहुने बताइसकेको छ ।

गठबन्धनका दलहरुको सहमतिअनुसार नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय पाउने भएका छन् ।

आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने बालुवाटार स्रोतले बताएको छ ।

कुन दललाई कुन मन्त्रालय ?

मन्त्रालय भागबण्डाप्रति असन्तुष्टि राख्दै आएको नेकपा एकिकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ । नेकपा एसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालयलगायत पाएको छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्रालय राखेको छ । कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालयलगायत आफूसँग राखेको छ।

नेकपामाओवादी केन्द्रले ५ मन्त्रालय पाएको छ । अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय माओवादीको कोटामा परेको छ ।

जसपालाई भने भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण मन्त्रालय दिइएको छ ।