☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
बस दुर्घटना हुँदा एक जनाको मृत्यु
  |

दैलेख -सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दैलेखमा दुर्घटना भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेख दुल्लु नगरपालिका–१ दारेभिर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको हो ।

सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै अनियन्त्रित भएर शनिबार राती ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, बसमा ३५ देखि ५० बीचमा सवार रहेको बुझिएको छ । उक्त ७ जना सामान्य घाइते भएका छन् । भने, एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको भनिएपनि खास कारण खुलेको छैन ।




प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     5:06:49 AM