☰ open Loading... 14 December 2024|  

उपचारको क्रममा बालिकाको मृत्यु भएपछि आफन्तहरु आन्दोलीत
  | २४ आश्विन २०७८, आईतवार ०५:१२

सुर्खेत । दैलेखको नारायण नगरपालिका–४ सोतकी एक बालीकाको नाकमा मकैको दाना अड्केपछि उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यू भएको छ । बालीकाको निधनपछि डाक्टरहरुको लापरवाही भएको भन्दै बालीकाका आफन्तहरुले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन् ।

चार दिन अघि नाकमा मकैको दाना अड्केकी बालिकाको दैलेख अस्पताल हुँदै सुर्खेत पुर्याईएको थियो । बालीकाको उपचारकै क्रममा गएराती मृत्यु भएपछि आफन्तहरुले डाक्टरहरुको लापरवाहीले घटना भएको भन्दै अस्पताल परिसरमा आन्दोलन गरेका छन् ।

दैलेखका डाक्टरहरुले दैलेखमै अप्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत पुर्याईएको बालिकाकी आमा पूजा कटुवालले बताउनुभयो ।स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीलाई डाक्टरहरुकै लापरवाहीले मृत्यु भएको आफन्तको आरोप छ । लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पतालमा आन्दोलन गरिरहेको आफन्तले बताएका छन् ।

यसैबिच प्रदेश अस्पतालका निर्देशक प्रा।डा। डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृत्यु नभएको बताउनुभयो । विरामीलाई बचाउने हरसम्भव प्रयासरत रहेको बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्न अप्रेशन गरिरहेका थियौं,’ खड्काले भन्नुभयो ‘अप्रेशनका क्रममा एक्काशी बालिकामा श्वासप्रश्वासमा समस्या देखियो र विस्तारै अक्सिजन लेभल घट्दै गएपछि उहालाई बचाउन सकेनौं उहाले भन्नुभयो ।

घटनाप्रति अस्पताल परिवार दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षती पु¥याउनु राम्रो पक्ष नभएको बताउनुभयो ।