☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

स्वर्गीय थापाको सम्झनामा फुट्सल प्रतियोगिता
  |

दैलेख । सशस्त्र प्रहरी निरिक्षक स्वर्गीय अभिषेक थापाको सम्झनामा दैलेख सदरमुकामको स्थानीय टुडिखेलमा फुट्सल प्रतियोगिता सुरु भएको छ ।

दशै तिहारको अवसर पारेर हरेक बर्षजसो खेलकुदका कार्यक्रमहरु गर्दै आईरहेको दैलेख युथ दैलेखले यो बर्ष सदरमुकमकै स्थानीय स्वर्गीय अबीशेक थापाको सम्झनामा फुट्सल प्रतियोगिताको आयोजना गरेको हो ।

स्वर्गीय थापाकी आमा तप्ता थापाको प्रमुख आतीथ्यतामा प्रतियोगिताको एक कार्यक्रमका बिच औपचारीक सूरुवात गरिएको छ । प्रतियोगितामा ८ वटा टिमले सहभागीता जनाएका छन ।

प्रतीयोगिताको सूभारम्भ गर्दै प्रमुख अतीथि थापाले आफ्नो छोरा स्वर्गीय भएता पनि दैलेखले अरु थुप्रै कुसल छोराहरु जन्माएको र सामाजिक रुपान्तरणका लागी विभिन्न कार्यहरुमार्फत अगाडि बढ्न साथै आफुले गर्नु पर्ने सबैखाले सहयोग गर्ने बताउनुभयो ।

शुक्रबारदेखी सूरु प्रतियोगिता करीव ३ दिन सम्म सन्चालन हुने र निकै रोचकका साथ कार्यक्रम सुरु भएको आयोजक दैलेखि युथ, दैलेखले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     5:16:40 AM