☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
प्रहरीद्वारा घरेलु मदिरा नष्ट
  |

दैलेख । घरेलु मदिरा नियन्त्रण अभियान अन्र्तरगत जिल्ला प्रहरी कार्यालय दैलेखले सदरमुकामका बिभीन्न होटेलहरुबाट अबैध रुपमा तयार पारीएका घरेलू मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

शनिबार प्रहरी नायव निरीक्षक पिंकल वि.क.को कमाण्डमा खटिएको १५ जना प्रहरीको टोलीले दैलेख बजारका बिभिन्न होटेल तथा पसलहरुमा खान तलासी गर्ने क्रममा भेटीएका मदीरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घरेलु मदीरा बनाईरहेको भन्ने गोप्य सुचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालयबाट कार्यालयबाट खटिएको प्रहरी टोलीले नारायण नगरपालीका भित्र रहेका बजारहरुका होटल तथा पसल खान–तलासि गर्ने क्रममा फेलो परेका ३५० लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जनाईएको छ ।

यस्तै सोही क्रममा २०० लिटर कच्चा पदार्थ, ६ थान मदिरा बनाउने भाडा वर्तन, १० वटा ड्राम तथा मातहत प्रहरी ईकाइहरुबाट मदिरा २६५४ लिटर, कच्चा पदार्थ १०३४ लिटर र भाडा वर्तन १३ थान, ड्राम १४ वटा बरामद गरी नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।




प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     5:25:41 AM