☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

‘छोराछोरीको सहमतिमा विवाह गर्ने निर्णय लिएँ’ कलाकार मनोज गजुरेल
  |

काठमाडौँ । कलाकार मनोज गजुरेलले विवाह गर्नुभएको छ ।गजुरेलले आज सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिनुभएको हो । न्याय सेवामा अधिकृतको रुपमा कार्यरत मञ्जु  पोखरेलसँग उहाँको विवाह भएको हो ।

चार वर्षअघि मिना ढकालसँग कलाकार गजुरेलको सम्बन्धविच्छेद भएको थियो ।सामाजिक सञ्जालमा गजुरेलले लेख्नुभएको छ, ‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो ।

त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’

विवाह गर्ने निर्णयमा पुग्न आफ्ना छोराछोरीहरुको सुझाव र सहमतीले पनि ठूलो सहयोग पुगेको गजुरेलले लेख्नुभएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८     5:03:58 AM