☰ open Loading... 4 December 2024|  

गिरिराज बाँस्कोटाको ‘ढुंगाको प्रेम’ लोकार्पण 
  | २६ आश्विन २०७८, मंगलवार ०६:४८

 

 

काठमाडौँ — ढुंगाको प्रेम नामक कवितासंग्रह लोकार्पण भएको छ । गिरिराज बाँस्कोटाद्वारा लिखित कवितासंग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कवितासंग्रह साहित्यकार विमल वैद्यले लोकार्पण गरे ।

केन्जो खबरले आयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा बाँस्कोटाका २७ वटा कविता छन् । लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्गानाले सो कृतिमा नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता रहेको चर्चा गरे ।

कार्यक्रममा बोल्दै साहित्यकार वैद्यले एउटा यायावरले लेखेको कवितासंग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताएका थिए । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले साहित्य क्षेत्रमा चर्चित पाँचथरबाट लेखिएको कविता कृतिले राष्ट्रियस्तरमै ख्याति हासिल गर्ने अपेक्षा व्यक्त गरे ।

साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बालगायतले साहित्यिक रचना पाठ गरेका थिए ।