☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
संसद् चलाउन एमालेसँग छलफल गर्न तयार छु – सभामुख सापकोटा
  |

 

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुरु गराउन नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको छ । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकाले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने जानकारी दिए ।

आज बुधवारको कुराकानीमा उहाँले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको हो । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।




प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८     6:23:55 AM