☰ open Loading... 4 December 2024|  

पाकिस्तानको क्वेटा सहरमा बम विस्फोट, एक सुरक्षाकर्मीको मृत्यु १७ घाइते
  | ३ कार्तिक २०७८, बुधबार ०५:४९

 

एजेन्सी । पाकिस्तानको क्वेटा सहरमा बम विस्फोटमा परेर एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान विश्वविद्यालयको क्वेटा क्याम्पसको गेटमा विस्फोट गराइएको हो ।

सुरक्षाकर्मी सवार गाडीलाई लक्षित गरी विस्फोटक गराइएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विस्फोटमा १३ सुरक्षाकर्मी र चार जना सर्वसाधारण रहेको बताइएको छ । घाइतेहरुको सैन्य अस्पतालमा उपचार भइरहेको छ ।

बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा सशस्त्र जातीय समूहले सुरक्षाकर्मीलाई लक्षित गरी निरन्तर विस्फोट गराउँदै आएका छन् । तर हालसम्म सो घटनाको कुनै समूहले जिम्म लिएको छैन ।

बलुचिस्तान प्रान्तको जातीय बलूच बहुल क्षेत्रका लागि अधिकार, स्वायत्तता र वा स्वतन्त्रताको माग गर्दै एक दशक भन्दा लामो समयदेखि सो समूहले सुरक्षाकर्मी र सर्वसाधारणलाई लक्षित गर्दै बम बिस्फोट गराउँदै आएका छन् ।