☰ open Loading... 16 April 2024|  

नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने चीनको घोषणा
  | ३ कार्तिक २०७८, बुधबार ०५:५४

काठमाडौं । चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदानमा दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँग मंगलबार भएको टेलिफोन कुराकानीका त्रफममा चिनियाँ विदेशमन्त्री वाङ यीले खोप सहयोग घोषणा गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुईमन्त्रीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।