☰ open Loading... 25 January 2025|  

एमालेले चाहे सात दिनमै सरकार ढालिदिन्छ- ओली
  | ४ कार्तिक २०७८, बिहीबार ०५:४८

 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताएका छन्।प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले तर आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे।

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिऊँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभित्र यो सरकार जान्छ। एमालेले ढाल्दिऊँ भन्ने हो भने। यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं।

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए। उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरुले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताए।