☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
अलपत्र परेका विदेशी पर्यटकको उद्धार
  |

 

सुर्खेत । हुम्लाको लिमिमा हिमपातले तीन दिनदेखि अलपत्र परेका विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले लिमिको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका ३ जना पुरुष र १ जना महिलासँगै ३ जना नेपाली टेकिङ गाइडको हेलिकप्टरबाट आज उद्धार गरिएको हो ।

हिमपातले अलपत्र परेका विदेशसँगै नेपाली टेकिङ गाइडलाई उद्धार गरी हुम्ला सदरमुकाम सिमिकोट ल्याइएको छ । उनीहरूलाई सिमिकोटबाट काठमाडौँ लगिने छ । सदरमुकाम सिमिकोटदेखि १२ दिन अघि उनीहरू लिमितर्फ हिँडेको टेकिङ गाइड अशिम तामाङले जानकारी दिए ।

उहाँले आकस्मिक आएको हिमतालले ३ दिनदेखि लिमिको तुम्लिकमा अलपत्र परेको बताउनु भयो । आज मौसममा केही सुधार आएपछि लिमिको हल्जीबाट टेलिफोन गरी हेलिकप्टर बोलाएर आफूहरूको उद्धार गर्न लगाइएको उनकोे भनाई छ ।




प्रकाशित मितिः शुक्रबार, कार्तिक ५, २०७८     6:12:52 AM