☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
ठाटीकाँधमा (टि–२०) क्रिकेट प्रतियोगिता हुदै
  |

दैलेख । देलेखको ठाटिकाँध गाउँपालिकामा यही कात्र्तीक १० गते देखि क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । लेकवेसी एकता समाज ठाटिकाँधको आयोजना र ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थीक सहयोगमा चौथो जिल्ला स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजित खेल कार्तिक १० गते देखि २० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । करिब १० दिन सम्म चल्ने प्रतियोगितामा खेलाडीहरुले कार्तिक ९ गते सम्म टिम दर्ता गर्न पाउने ब्यवस्था मिलाईएको आयोजक लेकवेसी एकता समाजका अध्यक्ष भक्त बहादुर रोकायाले बताए। ।

उहाका अनुसार प्रतियोगितामा विजेता हुने समुहले ४१ हजार एक सय ११ रुपैयाँ र उप विजेताले ३१ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।




प्रकाशित मितिः शनिबार, कार्तिक ६, २०७८     5:10:36 AM