☰ open Loading... 4 December 2024|  

आगामी निर्वाचनमा जितेर देखाउन दाहाल र नेपाललाई ओलीको चुनौति
  | ८ कार्तिक २०७८, सोमबार ०५:०६

काठमाडौं। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गर्नुभएको छ ।

एमाले झापा जिल्ला कमिटीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुहरुले जिताइदिएको सांसद संख्या गनेर दाहाल, नेपालले संसदमा फुर्तिफार्ती गरेको भन्दै उहाँहरुले आगामी निर्वाचनमा नजित्ने दाबी गर्नुभएको हो ।

नेपाल चुनावमा नउठ्ने र समानुपातिकमा बस्ने जिकिर गर्दै अध्यक्ष ओलीले समानुपातिकमा पनि नेपालको मत नआउने भविष्यबाणी गर्नुभयो। अध्यक्ष ओलीले दुवै नेतालाई आगामी चुनाव जितेर देखाउन चुनौति दिनुभयो । अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्वको संज्ञा दिदैँ कसैले मत नहाल्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले अरु नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्दै नेपाललाई भने एमालेले नस्वीकार्ने अडान दोहोर्याउनुभयो ।