☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
क्याम्पस भवन शिलान्यास
  |

दैलेख । नारायण बहुमुखी क्याम्पस दैलेखको नया भवनको बुधबार शिलान्यास गरिएको छ । क्याम्पसमा आज आयोजित एक कार्यक्रमका बिच मध्यपश्चिमाञ्चल बिस्वबिद्यालयका सिनेट सदस्य एवंम नारायण नगरपालीका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले भवनको शिल्यान्यास गरेका हुन ।

बिश्वविद्यालय अनुदान आयोग तथा मध्यपश्चिम बिश्वबिद्यालयबाट प्राप्त अनुदानबाट कुल रकम ८० लाख मध्ये टेन्डर आह्वान भई बोलकवुल भएको रकम ४८ लाख ८८ हजार ५ सय ८८ रुपैया ५३ पैसामा उक्त भवन निर्माण हुन लागेको नारायण बहुमखी क्याम्पस खरीद समितीका संयोजक नरसिङ बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार नया भवनको आगामी असार मसान्तसम्म निर्माण कार्य सक्ने गरी आरजे कन्ट्रक्सन नारायण नगरपालीका १ दैलेखले जिम्मा लिएको छ।

नारायण नगरपालीका दैलखका नगर प्रमुख रत्न बहादुर खड्काको प्रमुख आतीथ्यता तथा नारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नर बहादुर शाहीको अध्यक्षमा भएको थियो ।
कार्यक्रममा जिल्लास्थित पत्रकार, नारायण बहुमुखी क्याम्पस पुर्व सञ्चालक समितीका अध्यक्ष खड्ग बहादुर सिजापति तथा क्याम्पस परिवारको उपस्थिीती रहेको थियो ।




प्रकाशित मितिः बुधबार, कार्तिक १०, २०७८     5:03:13 PM