☰ open Loading... 20 April 2024|  

चितुवाको छाला र हड्डीसहित कोहलपुरबाट ३ जना पक्राउ
  | १४ कार्तिक २०७८, आईतवार ०५:५७

नेपालगन्ज -चितुवाको छाला र हड्डीसहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।कोहलपुर नगरपालिका वडा नं।–११ स्थिति एक गेष्ट हाउसबाट बाँके, राप्तीसोनारी गाउँपालिका–९ ढकेरीका ३५ वर्षीय हिरासिंह विक, सुर्खेत पञ्चपुरी नगरपािलका–७ का रमेश वयक र २८ वर्षीय बसन्त विसीलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा उनीहरुको साथबाट चितुवाको छाला एकथान र एक किलो ४० ग्राम हड्डी बरामद गरेको प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।