☰ open Loading... 4 December 2024|  

तरकारीको मूल्यमा जथाभावी
  | २५ कार्तिक २०७८, बिहीबार ०५:३९

सल्यान — चाडपर्वको मौका छोप्दै जिल्लाका व्यापारीले तरकारीको जथाभाबी मूल्य वृद्धि गरेका छन् । तरकारीको मूल्य झन्डै दुई गुणा बढाएपछि उपभोक्ताहरू महँगीको मार थेग्न बाध्य छन् ।

दसैंसम्म ५० देखि ६० रुपैयाँ प्रतिकिलोसम्म रहेको टमाटरको मूल्य १ सय २० पुगेको छ । ४० रुपैयाँ किलो रहेको आलु ६० देखि ७० र ५० रुपैयाँ रहेको काउली ८० रुपैयाँमा बिक्री गर्न थालिएको छ ।

व्यापारीहरूले ४० रुपैयाँ प्रतिकिलो रहेको सिमी ८०, करेला १ सय, ४० रुपैयाँ किलो रहेको बन्दा ६०, लौका ८०, रायोको साग ८० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेका छन् । गेडागुडीको मूल्य पनि अकासिएको स्थानीय कमल शर्माले बताए । ‘तरकारीको मूल्य सुनेरै पसलबाट फर्कनुपर्ने अवस्था छ,’ उनले भने, ‘किसानले बेच्ने मूल्यभन्दा व्यापारीले बेच्ने मूल्यमा आकाश पातालको फरक छ ।’

व्यापारीले एक साताको अवधिमै तरकारीको मूल्य २५ देखि ५० रुपैयाँसम्म बढाएको स्थानीय निर्मला घर्तीले बताइन् । ‘जथाभाबी मूल्य बढ्दा पनि स्थानीय प्रशासन मौन छ,’ उनले भनिन्, ‘पसलैपिच्छे तरकारीको मूल्य फरकफरक छ ।