☰ open Loading... 3 December 2024|  

दैलेख सदरमुकाममा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिए
  | २७ कार्तिक २०७८, शनिबार ०५:५०

 

दैलेख । दैलेख सदरमुकाममा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । शान्तिसु सुरक्षा लागि जडान गरिएका सीसी क्यामरा बिग्रिएको महिनौँ हुँदा समेत मर्मत हुन सकेका छैनन् । सीसी क्यामरा मर्मत नहुँदा बजार क्षेत्रको सुरक्षा चुनौती बढेको छ।सदरमुकामको बसपार्क, काँडाचौर, गणेशचोक, त्रिभुवन मावि अगाडि, डेकेन्द्र चोक, देवकोटा चोक, लोकतान्त्रिक चोक, पुरानो कारागार र दुईवटा खम्बामा ती सीसी क्यामरा जडान गरिएको बताइएको छ ।

” सिसिटिभी क्यामरा बिग्रिँदा बजार क्षेत्रमा हुने आपराधिक घटना, चोरी, सवारी दुर्घटनालगायतका घटनाको अनुसन्धानमा समेत समस्या आएको प्रहरीले जनाकारी दिएको छ । दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले सदरमुकाममा जडान गरिएका १० वटा सीसी क्यामरामध्ये अहिले चार वटा क्यामराले मात्र काम गरेको बताए । उनले दैलेख बजारको गणेश चोक, डेकेन्द्र चोक, लोकतान्त्रिक चोक र अदालत नजिकका क्यामराले मात्र काम गरेको जानकारी दिए ।

यस्तै नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले बजार क्षेत्रको सुरक्षाका लागि जडान गरिए पनि त्यसको नियमित अनुगमनको जिम्मा प्रहरीलाई दिएको बताए । उनले नगरपालिकाले प्रहरीसँग समन्वय भइरहेको र मर्मत गर्न नगर पालिका तयार रहेको उल्लेख गरे ।
सिसिटिभी क्यामरा जडानका लागि तत्कालीन जिल्ला विकास समिति, नारायण नगरपालिका, गैरसरकारी संस्था महासङ्घ, निर्माण व्यवसायी सङ्गठन, सुनचाँदी व्यवसायी सङ्घलगायतले करिब १४ लाख खर्च भएको थियो ।