☰ open Loading... 3 December 2024|  

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सात संयोजक
  | २९ कार्तिक २०७८, सोमबार ०५:१६

 

 

नेपाली कांग्रेसले सातै प्रदेशको अधिवेशनका लागि केन्द्रीय संयोजक तोकेको छ। आगामी मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनका लागि संयोजकहरु तोकिएका हुन् ।

कांग्रेसले प्रदेश १ को प्रदेश अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश १ को संयोजकमा नेता कृष्णप्रसाद सिटौलालाई बनाइएको छ। यसैगरी प्रदेश २ को संयोजकको जिम्मेवारी रमेश रिजाललाई दिइएको छ।

यस्तै, बागमती प्रदेशको संयोजकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई तोकिएको छ भने गण्डकी प्रदेश अधिवेशनका लागि गोपालमान श्रेष्ठलाई संयोजक बनाइएको छ।

यस्तै लुम्बिनी प्रदेशका लागि बालकृष्ण खाँण संयोजक तोकिएका छन् भने कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूलाई संयोजक बनाइएको छ।यी जिम्मेवारी तोकिएका नेताहरूको समन्वयमा सातै प्रदेशमा कांग्रेसले प्रदेश अधिवेशन सम्पन्न गर्ने कांग्रेसले बताएको छ।