☰ open Loading... 25 April 2024|  

सम्झना दिवसमा सम्झना
  | ५ मंसिर २०७८, आईतवार १९:३२

दैलेख -सडक दुुघटमा दिवंगत हुने आत्माहरु तथा सम्पूर्ण पीडित प्रति सर्मपित गर्दै विश्व सम्झना दिवश दैलेखमा मनाईएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखको आयोजनामा दैलेख सदरमुकाम देवकोटा चौकमा सडक दुर्घटनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा विश्व सम्झना दिवश मनाईएको हो ।

नेपालमा दोस्रो मुख्य कारण सडक दुर्घटनाबाट धेरैको ज्यान जाने गरेको छ । बार्षिक २५ सय बढीले सडक दुर्घटनाबाट ज्यान गुमाउने तत्यांक रहेको छ । सडक दुर्घटना सवैभन्दा बढी मोटरसाईकल रहेको छ । दुर्घटनाका कारणहरुमा सडकको अवस्था, पुराना गाडी, मदिरा सेवन, सिकारु डाईभर लगायत रहेका छन् ।

कार्यक्रममा कार्यालयका प्रवक्ता मनिष सिंह, ईन्जिनियर देवेन्द्र भटराई, उद्योग बाण्ज्यि संघका महासचिव राजेश हमाल, पत्रकार अम्मर सुनार लगायतले सवारी दुर्घटनाका विषयमा बोलेका थिए ।