☰ open Loading... 19 April 2024|  

कांग्रेस महाधिवेशन : प्युठानमा गोली चल्यो
  | ८ मंसिर २०७८, बुधबार ०५:०७

काठमाडौँ प्युठानमा गोली चलेको छ । प्युठानको स्वर्गद्वारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत जिल्‍ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरूले झडप गरेपछि प्रहरीले रबरको गोली चलाएको हो ।

सभापतिका उम्मेद्वार शेखर–गगन पक्षका विष्णु गिरीले ५२९ मत ल्याएका थिए भने देउवा पक्षका शिव रिजालले ४६९ मत ल्याएका थिए । १०६५ मत खसेकोमा ६ मत बदर भएको थियो भने ६५ मत गणना गर्न बाँकी रहेका बेला देउवा पक्षका कांग्रेस कार्यकर्ताले तोडफोड गरेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाएको हो । युवाहरुको आक्रमण गर्दा केही घाइते समेत भएका छन् ।

गिरीले अब ४ मत पाएको खण्डमा जित हुने निश्चित भएपछि देउवा पक्षका युवाहरुले हुलहुज्जत गरेको स्थानीयले बताएका छन् । यसैबीच, प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुई राउण्ड अश्रुग्यास मात्रै प्रहार भएको बताए ।