☰ open Loading... 20 April 2024|  

जुम्ला काँग्रेस सभापतिमा देउवा पक्षका शाही विजयी
  | ९ मंसिर २०७८, बिहीबार ०५:४१

 

जुम्ला । नेपाली कांग्रेस जुम्लाको सभापतिमा देउवा पक्षका पक्षका सभापतिका उम्मेदवार कर्णबहादुर शाही विजयी भएका छन । सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी भएका हुन ।

उहाँका प्रतिस्पर्धी पौडेल पक्षका उम्मेदवार दीपबहादुर शाहीले ४६९ मत ल्याएका हुन । ५ मतको अन्तरले संस्थापन पक्षका उम्मेदवार तथा तातोपानी गाउँपालिका वडा नं। ८ निवासी कर्ण बहादुर शाही विजयी हुनुभएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिए ।

सभापति शाहीबाहेक अन्य सबै पदाधिकारीमा भने पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । जसमा पौडेले पक्षीय उपाध्यक्षमा दिपक र कार्मा बुढा विजयी भएका छन् । उपाध्यक्ष शाहीले ५१६ र बुढाले ४८६ मत प्राप्त गरेका छन् ।

सचिव अर्जुनसिंह कठायत र लक्ष्मण शाही सचिव पदमा विजयी हासिल गरेका छन् । सचिव कठायतले ५१८ र सचिव शाहीले ४५७ मत प्राप्त गरेका छन् । सहसचिवद्वय नन्दप्रसाद चौलागाई ५०० र धनेन्द्र बोहोराले ४४८ मत प्राप्त गरेर विजयीभएका हुन ।