☰ open Loading... 7 December 2024|  

अबको पाँच वर्षभित्र नेपालमा गरिबी हट्छ : अर्थ मन्त्री शर्मा
  | १२ मंसिर २०७८, आईतवार ०५:४३

रुकुम पश्चिम : अर्थमन्त्री जनार्दन शर्माले  अबको पाँच वर्ष भित्र नेपालमा गरिबी हट्ने बताएका छन् । माओवादी केन्द्र रुकुम पश्चिमका पालिका सम्मेलन उद्घाटनमा आएका मन्त्री शर्माले अबको पाँच वर्ष भित्र नेपालीले के खाउँ  ,के लगाउँ ? भनेर चिन्ता गर्नुपर्ने अवस्थाको गरिबी नहुने बताएका हुन् ।

 

‘जिवनयापनमुखी शिक्षा र स्वास्थ्यमा जोड दिएर अब मुलुकलाई आर्थिक उन्नतिको बाटो तर्फ लैजान नयाँ योजनाहरु निर्माण हुँदै छन्’, उनले भने, ‘अब म को हूँ भनेर चिन्नुपर्ने समय आइसकेको छ । जनताको आर्थिक अवस्थालाई माथि उकास्नको लागि सबै योजनाहरु उत्पादनमुखी हुनेछन् ।’

 

शनिबार आठबिसकोट नगरपालिकाको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै शर्माले अब नेपालीले भोकमरीबाट ज्यान गुमाउनुपर्ने बाध्यता नभएको बताए । गाउँ टोलमा सहकारी समूहमार्फत पनि जनताको जीवनस्तरलाई माथि उकास्न सकिने भन्दै उनले श्रम सहकारीतर्फ जोडिन जोड दिए ।

No description available.

त्यस्तै  जनयुद्धमा आफ्नो ज्यानको बलिदानदिने  आठबिसकोटका सहिद घाइतेलाई स्मरण गर्दै शर्माले घाइतेहरुलाई  पूर्ण उपचार र मासिक छ हजार रुपैयाँ  उपलब्ध गराउने प्रतिबद्धता गरे ।

 

समृद्ध समाज निर्माण भए मात्रै समाजबाद सफल हुने हुँदा विकासका काममा बढी जोड दिनुपर्ने मन्त्री शर्माले बताए ।शुक्रबारदेखि माओवादी केन्द्रले देशैभरका पालिकाहरुमा सम्मेलन सुरु गरेको छ ।

 

माओवादीको रुकुम पश्चिमका ६ वटै पालिका सम्मेलन

 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका ६ वटै  पालिकाको सम्मेलन भएको छ । अर्थमन्त्री तथा माओवादी केन्द्रका  स्थायी कमिटी सदस्य  जनादर्न शर्माले उद्घाटन पालिका सम्मेलन उद्घाटन गरेका हुन् ।

 

शुक्रबार मुसिकोट नगरपालिका ,चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणि गाउँपालिकाको सम्मेलन शुरु भएको थियो । यस्तै शनिबार बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको दोस्रो पालिका सम्मेलन भएको हो ।

 

जिल्लाका ६ वटै  पालिका सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सकिने माओवादी रुकुम पश्चिमले जनाएको छ ।राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको माओवादीले देशभरका ७ सय ५३ वटै पालिकामा सम्मेलन सुरु गरेको छ । शनिबार पार्टी अध्यक्ष प्रचण्डले पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गरेका थिए ।