☰ open Loading... 7 December 2024|  

काँग्रेस दैलेख सभापतिमा रेग्मी विजयी
  | १२ मंसिर २०७८, आईतवार १७:०८

दैलेख । नेपाली काँग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा रेग्मीले संस्थापन पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले मतान्तरले पराजित गरेका हुन् । रेग्मीले ७९१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्याशी भण्डारीले ७५४ मत प्राप्त गरे । रेग्मी रामचन्द्र पौडेल पक्षका हुन् ।

यस्तै उपसभापतिमा नवराज शाही ७ सय ४१ मत र रिता कुमारी शाही ७ सय ५८  मत ल्याएर विजयी भएका छन् ।   उप सभापतिका प्रत्यासी गणेश कुमार शाहीले ६८० मत प्राप्त गरेका छन् भने देवेन्द्र बहादुर शाहीले ९६ मत प्राप्त गरे ।

जिल्ला कार्यसमितीको सचिवमा खेमराज वली र नारायण प्रसाद रेग्मी समान ७ सय ७६ मत प्राप्त गर्दै विजयी भएका छन् । सचिवका प्रत्यासी रत्न बहादुर शाहीले ७२८ मत प्राप्तगर्दा हेमशंकर शर्मा अधिकारीले ६ सय ३६ मत प्राप्त गरेका हुन ।

सह-सचिवमा कनक बहादुर सेन ठकुरी ७ सय ५३ मत र महेन्द्र बहादूर शाही (चट्टान) ७ सय १० मत प्राप्त गर्दै निर्वाचित भए । उप–सचिव पदका प्रत्यासी ईश्वर कुमार थापाले ६३८ मत प्राप्त गर्दा धिरेन्द्र सापकोटाले ६७१ र बिद्याप्रसाद शर्माले १०४ मत प्राप्त गरे ।

प्रदेश महाधीबेशन प्रतिनीधिमा बिमल बिक्रम शाही ७ सय ७३ मत प्राप्त गरेर  विजयी भएका छन् । उनका प्रतिसपर्धी रामप्रसाद रिजालले ६८६ मत पाए । केन्द्रीय महाधीबेशन प्रतिनिधीमा भने नर बहादूर खड्का ७ सय ७६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका प्रतिसपर्धी रण बहादूर कार्कीले ६७६ मत प्राप्त गरेका थिए ।