☰ open Loading... 7 December 2024|  

नागरिक सुरक्षाका लागि नेपाल प्रहरी जस्तोसुक्कै मूल्य चुकाउँन तयार
  | १६ मंसिर २०७८, बिहीबार ०६:०४

 

दैलेख- दैलेख प्रहरी प्रमुख भवश्वेर साहले प्रहरी र नागरिक बिचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने बताए ।बसन्त माध्यमिक विद्यालय नारायण नगरपालिका ७ किमुगाँउमा आयोजना गरिएको हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तरगत कार्यक्रममा नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तो सुक्कै मुल्य चुकाउँन तयार रहेको उद्घोष गरेका छन्।बोल्नको लागी सक्ती चाहिदैन तपाई संग आट हुनुपर्छ ,लैङ्गिक हिंसा, दुर्व्यवहार महिला विरूद् हुने सम्पूर्ण हिंसा अन्त्य गर्न सबैले आवज उठाएमा मात्र अत्य हुने डीएसपी साहले बताए।

 

कार्यक्रममा विद्यार्थीहरुलाई समाजमा देखिएको साईवर क्राईम, सडक दुर्घटना, चोरी, हत्या, घरेलु हिंसा लगाएत कसुरवाललाई कस्तो सजाय दिईन्छ,प्रहरी र  नागरीक सुरक्षामा प्रहरीको महत्व, प्रहरीप्रती सकारात्मक धारणाको विकास,  लगायतका बिषयमा जानकारी गराईएको थियो।

 


यस्तै कक्षा १० का बिद्यार्थी गोविन्द विकले प्रहरीले समाजमा कसरी अपराध नियन्त्रण कस्तो प्रकारले आफ्नो कार्यक्रम बनाउछ भन्ने कोतुहलता राखेका थिए । बिद्याथीले प्रहरी देखि डर मान्ने आफुले आज प्रहरी संग सम्पुर्ण अपराध नियन्त्रणको बारेमा प्रहरीको भुमिका बारेमा जानकारी लिन पाउदा प्रहरी कार्यालय प्रति आफनत्व भएको महशुस गरेको उनले बताए ।कार्यक्रममा वसन्त माध्यमिक विद्यालय का प्रधानाध्यापक धमरार्ज खड्का खड्का पत्रकार खगेन्द्र रानामगर,यामराज विष्ट अधिकारकर्मी प्रभाकुमार विक लगायतको सहभागिता रहेको थियो।