दैलेख मंसिर १९ – गुरासँ गाउँपालिका दैलेखले खरिद गरेको मोटरसाईकलको पैसा सोरुमलाई नदिदाँ सोरुमले झिकेको छ । गाउँपालिकाले २०७७ साल १२ महिना १० सम्झौता सोरुमसंग सम्झौता गरेर खरिद गरेको थियो । कामना मोटर ईन्टरप्राईजेज सुर्खेतका सुमित कार्कीले सम्झौता भएको आर्थिक वर्ष सकिदा समेत भुक्तानी नहुँदा मोटरसाईकल जफत गरि सोरुममा ल्याईएको बताए । ४ लाख ६८ हजार ७ सय १२ रुपैँया मुल्यको भिआर मोटरसाईकल गाउँपालिकाका कर्मचारीका लागि खरिद भएको थियो ।
क्याप्सन ः गुरासँ गाउँपालिकाबाट सोरुमले जफत गरेको मोटरसाईकल ।
भुक्तानीका लागि पालिकामा पटक पटक खवर गर्दा पनि सुनुवाई नभएपछि सोरुमले मोटरसाईकल जफत गरेको जनाएको छ । श्रोतका अनुसार पालिकाबाट बजेट विनियोजन विनै सिदा खरिद भएकाले भुुक्तानी नभएको हो । पालिकासंग बजेट विनियोजन भएको र पालिकाको कार्यपालिका बैठकबाट विनियोजन भए भुक्तानी हुनसक्ने गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत दिपक आर्चायले बताए । त्यस्तै गाउँपालिकाको वडा कार्यालयमा अर्को मोटर साईकलको पनि रकम भुक्तानी नभएको जनाईएको छ । गत आर्थिक वर्षमा खरिद भएको उक्त मोटरसाईकलको भुक्तानी गाउँपालिकाले अहिलेसम्म गरेको छैन् ।