☰ open Loading... 4 December 2024|  

समाजमा अपाङ्ता व्यक्तिको पहिचान बदल्दै , गुठिचौर गाउँपालिका
  | २४ मंसिर २०७८, शुक्रबार ०७:४२

गणेश रावत

जुम्ला- अहिले पनि जुम्लाका गाउँ बस्तीमा जनचेतनाको कमी छ । राम्रो शिक्षा पुगेको छैन । गाउँमा माथिल्लो जातले तल्लो जातलाई फरक दृष्टि कोणले हेर्न गरिन्छ । समाजमा अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने भ्रम यहाँका स्थानीयमा छ । उनीहरुलाई अपमान गर्ने देखि हेयका दृष्टिले हेरिने गरिन्छ । यसको निउनिकरण गर्न सरकारी ,गैरसरकारी संस्था लागिपरेका छन् । तर पनि यसले समाजमा जरो गाडेर बसेको छ । अहिले अपाङ्गता भएका व्यक्ति समाजका सबैभन्दा अपहेलित भएका छन । अपङ्गता भएका ब्यक्ति लाइ सरकारी सेवा सुविधा सहजै रुपमा उपलब्ध हुदैनन । आएको सेवा सुविधामा पनि ढिलासुस्ती गर्नाले निकै ठुलो समस्या भोगिरहनु परिरहेको छ । तर अहिले जुम्लाको गुठिचौर गाउँपालिकाले भने अपाङ्ता भएका व्यक्तिको सहजताको लागि विभिन्न विकल्प खोजिरहेको छ ।
अपङ्गता भएकाहरुलाई स्वरोजगार बनाउन सीपमुलक क्रियाकलापमा संलग्न गराउँदैछ । दैनिक जिबनमा प्रयोग हुदै आएका मोजा, स्वीटर, गलबन्दी,टोपी बुन्न सिकाउँदैछ । गाउँ घरको भ्रम अन्ते गर्न गाउँपालिकाले लागि परेको अध्यक्ष हरीबहादुर भण्डारी बताउँछन । गाउँमा अपङ्ग ले केही गर्न सक्दैनन् भने सोच बदल्नु जरुरी रहेको छ । उनले भने,‘समाजमा सबैले समान हिसावले बाच्न पाउनुपर्छ । जसका लागि सबै बराबर रहन व्यवसायी बन्न जरुरी छ । ’ उनले गाउँपालिका भित्रका ५३ जना अपाङ्ता भएका व्यक्तिलाई एकै ठाउँमा जम्मा गरि सीपमुलक तालिम वा कार्यमा गर्न सफल भएको अध्यक्ष भण्डारी बताउँछन । यो सीपमुलक कार्यमा सबै वडाका अपङ्ग भएका व्यक्ति सहभागि छन । ३६ जना पुरुष र १७ जना महिला सीपमुलक कार्यमा जोडिएका छन । वडापालिकाको सिफारीसमा सहभागि छनौट गरिएको हो ।

गुठिचौर गाउँपालिकाको आर्थिक सहयोगमा नौमुडे अपाङगता भएका व्यक्तिहरुको सञ्जाल गुठिचौरले सीपमुलक कार्यक्रम आयोजना गरेको हो । अहिले दिनभर अपाङ्गता व्यक्तिहरु सीपमुलक कार्यमै खटिएका हुन्छन । गाउँपालिका अध्यक्ष भण्डारीले अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापनका लागि गाउँपालिका चिन्तित रहेको बताए । उनले आगामी दिनमा सीपमुलक काम बाहेकका अन्य विकल्प भएपनि सहजीकरण गर्ने बताए । अपङ्गता भएका ब्यक्तिको मनोबल उच्च बनाउने आधार बन्ने भएको छ ।