☰ open Loading... 5 December 2024|  

बिकास निर्माणलाई प्रभावकारी बनाउने प्रतिवद्धता
  | २८ मंसिर २०७८, मंगलवार ०५:४३

 

दैलेख -नागरिक समाज पारस्परिक जवाफदेहिता स्थानिय अभियान कार्यक्रम अन्तरगत जिल्लाका सरोकारवालाहरुको सहभागितामा साझा सभा सम्पन्न भएको छ। नारायण नगरपालिका दैलेखको समन्वयमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेख र सुन्दर नेपाल संस्था दैलेखको आयोजना गरेको थियो ।कार्यक्रममा नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले बिकास निर्माणलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।जनप्रतिनिधी, कर्मचारी र नागरिक समाजका प्रतिनिधीहरुले सहभागितामूलक विकास सिद्धान्त अनुसार योजना तर्जुमा कार्यान्वयन देखि अनुगमनलाई प्रभावकारी बनाउने मेयर खड्काले बताए ।

 

यस्तै योजनाको छनोट, कार्यान्वयन, मर्मतसम्भार लगायतका हरेक चरणमा जनसहभागिता बढाउनुपर्नेमा जोड दिँदै स्थानियले माग गरेका छन् । कार्यक्रममा मापनका आधारहरु ९३ बुँदे घोषणापत्रमा छलफल गरि दैलेख जिल्लाको बिकासमा विशेष महत्व राख्ने योजनाहरुको अबस्था र चुनौती’ विषयक, साझा सभा कार्याक्रममा सहभागी जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरुले उक्त प्रतिवद्धता गरेका छन् ।कार्यक्रमम स्वास्थ्य , शिक्षा ,यातायत ,बिकास निर्माणको कामलाई पारदर्शी, जवाफदेही बनाई समयमै सम्पन्न गर्न दबाब सिर्जना, नागरिक अनुगमन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए ।कार्यक्रममा वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, पत्रकारहरुको, पनि सहभागिता थियो ।