☰ open Loading... 25 April 2024|  

सरस्वतीको मुर्ति बनाए जौशीेले
  | ३ पुष २०७८, शनिबार १७:५७

 

 गणेश रावत,जुम्ला -बुडिन्द नगरपालिका वडा नम्बर ४ लाटो कोइली घर भएका कर्ण प्रसाद जौशीले सरस्वतीको मुर्ति बनाएका छन् । उनि सानै उमेर देखि चित्रकलामा रुचाउँथे । आर्थिक अभाबले सधै कालापहाड धाउँन बाध्य भए । उनले भारतको रोडमा पाच रुपैयामा ज्याला मजदुरी काम गर्न थाले । दिनको पाँच रुपैयाले बचत गर्दै जेनतेन घरखर्च टारे । कालापहाडमै कामगर्न शिलसिलमा उनले बिस्तारै मुर्ति बनाउँन थाले । उनले चित्रकला र मुर्तिकला सम्बन्धी कुनै पनि ज्ञान हासिल गरेका छैनन् । अभ्यासनै उनको ज्ञान बन्यो । अभ्यासले नै अहिले उनि मुर्ति,शालिक,मन्दिरका गजुर बनाउँछन् । उनले पहिलो मुर्ति जिल्ला प्रशासन कार्यलय लाई उपहारस्वरूप दिए । उनँले सानो उमेरमै बिबाह भयो । घरमा राम्रो सँग खान लगाउँन पुग्थेन । तेतिकै मा छोरा,छोरी जन्मिए । उनको काधमा जिम्मेबार थपियो । घर खर्च छोराछोरी पढाउँने पैसा नहुदा उनी भारत गएका थिए । उनले घरपरिवारको खुशिको लागि कालापहाड जान थाले । उनी कामको शिलसिलामा १८ पटक भारत गएर काम गरेको दुख सम्झिदा उनको मन भकानिएर आउँने गर्छ । कालापहाड बाट मुर्ति कनाउँन सुरुभएको यात्रा अहिले जुम्ला सदरमुकाम सम्मा पुगेका छन् । उनले मुर्ति बनाउँने आफ्नो सिपलाई निरन्तर दिएका छन् । । सधै कालापहाड मा आएर काम गर्नु भन्दा आफ्नै देशमा केहि गरेर खाने आटलियर नेपाल फर्किए ।

गाउँघरमै मुर्ति बनाउँन थाले । तेसको शिलसिलामा २०७३ साल बाजुरामा जैशी मूर्तिकला केन्द्र स्थापना गर्दै गर्दै मूर्ति पेसा अंगालेका हुन् । २०७४ सालमा काठमाडौं मूर्तिकला प्रदर्शनीमा उनले प्रथम स्थान हासिल गरेका थिए । उनि प्रथम हुदा जिवको पहिलो सबै भन्दा धेरै खुशि मिल्यो । कालापहाड बाट मुर्ति बनाउन सुरू गरेका जौसिले अहिले आफ्नै देशमा मनग्गे आमदानी गर्दै आएका छन् । पहिला पारिवारिक समस्याले कालापहाड जना बाध्य भएका जौसी अहिले आफ्नै देशमा मुर्ति बनाउँदै एक वर्षमा पाँच लाख सम्मा आम्दानी गर्दै आएका छन् । उनी बुडिन्द नगरपालिका वडा नम्बर ४ लाटो कोइली घर भएका जौसि अहिले जुम्ला पुगेका छन्। काम गर्न सिलसिलामा उनी अहिले जुम्ला पुगेका हुन । उनको जति हातमा कला छ उतिकै मुखमा मुस्कान उस्तै छ । सिमेन्ट ,बालुवा बाट देवीदेवता का मुर्ति सालिक बनाउनु हुन्छ । हातमा एक जोड गोलब लगाई मुर्ति मनाउँदै आएका छन् । उँनले जुम्ला आउँन साथ जिल्ला प्रशासन कार्यलय र नगरपालिका लाई उपाहार सोरूप मुर्ति दिए । । पहिला कालापहाड रोडको चार रूपैयाँमा काम गर्न उनी अहिले लाखौं कमाउने भएका छन् । आफ्नो कलाले नेपाल लाई चिनाउँने उनको आशा छ । हाल सम्मा धेरै मुर्ति बनाउँदै आएपनि कलाले सम्मान नपाएको गुनासो गरे । देशमा मुर्ति,सालिक बनाउँन मान्छे बाहिरबाट ल्याने पैसा धैरै लग्ने गरेको उनले बताए ।

आफ्नै देशमा रहेका ब्यक्तिको कलाले मान सम्मान नपाएको दुखेसो पोख्नु भयो । आफुले बनाउँदा अरु बाहिरा देशका ब्यक्तिले लग्ने भन्दा ५०प्रतिशत कम लिने जानकारी दिए । देश बिदेश लाई चिनाउँने कलाको सम्मान नहुनु दुखदाय पक्ष हो । नेपाल सरकारले कला,सिपको सम्मान नगर्दा कालापहाड,बिदेश जानु परेको उहाँले बताएका छन् । जौसि अहिले जुम्लामा आएको एक वर्ष पुगिसकेको छ । जुम्ला सदरमुकाम खलंगा बजारमा कोठा भाडामा लिएर बस्दै आएका छन् । । होटलमा खाने तेहि मुर्ति बनाउने ,बेच्ने  मुर्ति अडर अनुसार बनाउने गरेको बताए ।